बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ ।
शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएकाले ठूला भारवाहन सवारी साधनलाई रोक लगाउने निर्णय भएको हो ।